दफा ९
फोहरमैलाको ढुवानी
(१) सड्ढलन केन्द्रमा जम्मा भएको फोहरमैलालाई स्थानान्तरण केन्द्र वा फोहरमैला व्यवस्थापन स्थलसम्म ढुवानी गर्ने दायित्व स्थानीय तह वा त्यस्तो निकायले व्यवस्था गरेको संस्था वा निकायको हुनेछ ।
(२) फोहरमैला ढुवानी गर्दा तोकिए बमोजिमको ढुवानी साधन प्रयोग गर्नु पर्नेछ । ढुवानीको साधन तोक्दा तौल, क्षमता, तरिका वा विधि, सडकको क्षमता तथा फोहरमैला ढुवानी गर्दा वातावरणमा पर्न सक्ने प्रभाव समेतलाई विचार गरी तोक्नु पर्नेछ ।
(३) फोहरमैला ढुवानी गर्दा स्थानीय तहले दफा ६ बमोजिम स्रोतमा छुट्याई निष्काशन तथा सड्ढलन गरिएको फोहरमैलाको अलग अलग ढुवानी गर्नु पर्नेछ ।